भारतको चेन्नाई भ्रमण अन्तर्गत दोश्रो अभ्यास खेलमा नेपालले तमिलनाडु ‘ए’ संग टस जितेर ब्याटिंग गर्दै ३११ रनको बिशाल स्कोर खडा गरेको छ । निर्धारित ५० ओभरको खेलमा नेपालले ५ विकेट मात्रै गुमाई तमिलनाडुलाई ३१२ रनको लक्ष दियो ।
नेपालको लागि तेश्रो नम्बरमा ब्याटिंग गरेका शरद भेसावकरले शतक प्रहार गर्नेक्रममा ११७ बलको सामना गर्दै ११ चौका प्रहार गरेका थिए ।शतक प्रहार गरेलगत्तै उनि आकाशको बलमा लंग अफमा क्याच आउट भएका थिए ।
चौथो नम्बरमा ब्याटिंग गर्न आएका दिपेन्द्र ऐरीले विस्फोटक इनिंग खेलेपछि नेपालले अन्तिमको ओभरहरुमा धेरै रन बटुल्न सक्यो । ऐरीले मात्र ३७ बलको इनिंगमा ४ छक्का र ८ चौका प्रहार गर्दै ७३ रनको इनिंग खेलेका थिए ।
यस अघि टस जितेर मुरुगुप्प्पा मैदान ब्याटिंग गरेको नेपालको लागि ओपनर सागर पुन र ज्ञानेन्द्र मल्लले ४६ रनको साझेदारी गरेका थिए । ज्ञानेन्द्र ३१ रन बनाएरआउट भएका थिए । सागर ७७ रन बनाउदै ३९ औं ओभरमा आउट भए l ९९ बलको सामना गरेका सागरले १ छक्का र ५ चौका प्रहार गरेका थिए l
नेपालको उत्कृष्ट ब्याटिङ, शरद भेसावकरको शतक
Reviewed by Anish Lamichhane
on
1:53 AM
Rating:

No comments: