असोज २ गते देखी भुटानमा हुन लागेको साफ यु-१८ को फर्म्याट परिवर्तन भएको छ। ६ टोलिले सहभागिता जनाउने भएर, सो ६ टोलिलाइ दुइ समुहमा बिभाजन गरिएको थियो। हरेक समुहमा ३-३ टोलि थिए र ति तिन मध्य एक बहिरिएर अर्को दुई चाही सेमिफाइनल जाने भनिएको थियो। तर केहि दिन अगाडि मात्रै श्रीलंकाले आन्तरिक समस्या देखाइ प्रतियोगितामा सहभागी नजनाउने बतायो। यसले गर्दा समुह बिमा २ टोलि मात्र भयो र ति दुई टोलि कुनै खेल नै नखेली सेमिफाइनल जाने देखियो।
त्यसैले, खेल फयर होस भनेर फर्म्याटमा परिवर्तन ल्याइएको हो। अब नयाँ फर्म्याट अनुसार बाकी रहेको पाँचै टोलिले एकएर्कासग खेल्नेछ र सबैभन्दा धेरै अन्क हुने नै च्याम्पियन बन्ने छ।
नेपाल साफ यु-१९ को डिफेन्डिङ च्याम्पियन हो भने भारत रनर अप हो।
साफ यु-१८ को फर्म्याटमा परिवर्तन, अब लिग अनुसार खेलाइने!
Reviewed by Anish Lamichhane
on
7:54 AM
Rating:
No comments: