साफ यू-१८ : नेपालले आज बंगलादेशको सामना गर्दै

 भुटानमा जारी साफ यू १८ च्याम्पियनसिपको तेस्रो खेलमा नेपालले आज बंगलादेशको सामना गर्दै छ । साफ यू १९ को साविक विजेता रहेको नेपाललाई उपाधि रक्षा गर्न यो खेलमा जित्नै पर्ने दबाब छ ।

पहिलो खेलमा भुटानसँग १–० ले स्तब्ध भएको नेपाली टोलीले दोस्रो खेलमा माल्दिभ्सलाई २–० ले हराएको थियो । राउन्ड रोविनका आधारमा जारी प्रतियोगितामा फाइनलमा स्थान सुरक्षित बनाउन आजको खेल महत्वपूर्ण हुनेछ । सबैले एक अर्कासँग प्रतिस्पर्धा गरेपछि शीर्ष दुई टोलीले फाइनल खेल्नेछन् ।

पहिलो खेलमा भारतलाई हराएको बंगलादेश ६ अंकसहित शीर्षस्थानमा छ । नेपालको ३ अंक छ र टोली चौथो स्थानमा छ । अर्को खेलमा भारतले माल्दिभ्सको सामना गर्दै छ । भारतले पहिलो खेल बंगलादेशसँग पराजित भएयता दोस्रो खेलमा घरेलु टोली भुटानलाई ३–० को सहज जित दर्ता गरेको थियो । अघिल्लो तीन खेल हारेको माल्दिभ्सको प्रतियोगितामा आज अन्तिम खेल हो । नेपाल र बंगलादेशबीचको खेल नेपाली समय अनुसार साँझ ६ः४५ बजे सुरु हुनेछ ।

हाम्रो खेलकुद
साफ यू-१८ : नेपालले आज बंगलादेशको सामना गर्दै साफ यू-१८ : नेपालले आज बंगलादेशको सामना गर्दै Reviewed by Anish Lamichhane on 8:14 PM Rating: 5

No comments:

Theme images by friztin. Powered by Blogger.