दशरथ रंगशाला अब कहिलेसम्म बन्ने?

२०७२ सालको भुकम्पदेखी नेपालको एकमात्र अन्तरास्ट्रिय रंगशाला दशरथ रंगशालामा कुनै पनि खेल हुन सकेको छैन। पहिलेदेखी नै पुनर्निर्माण खोजिरहेको दशरथ रंगशाला त्यो सालको भुकम्पले झनै दयनीय अवस्थामा पुर्याइदियो। 

सन् १९५६ मा बनाउन सुरु गरेको दशरथ रंगशाला विभिन्न विघ्न  बाधा पच्ताप १९८० मा पुरा भयो। दशरथ रंगशालाले आयोजना गरेको पहिलो खेल र्राष्ट्रिय खेलकुद १९८१ थियो। त्यसपछि नेपालमा हुने सबै धेरैजसो रास्टृय तथा अन्तर्राष्ट्रिय खेलहरु यहि रंगशालामा नै हुने गर्यो। दशरथ रंगशालाले आयोजना गरेको पहिलो अन्तर्राष्ट्रिय खेल भनेको सन १९८४ को दक्षिण एसियाली खेलकुद थियो। त्यसपछि दशरथ रंगशालाले दुईवटा दक्षिण एसियाली खेलकुद आयोजना गर्यो र अब हुने २०१९ को दक्षिण एसियाली खेलकुद पनि नेपालले नै आयोजना गर्ने भएको छ। तर त्यो कुन रंगशालामा गर्ने भन्ने टुंगो छैन। सन १९९८ मा मर्मत गरेको सो रंगशालाले त्यो बेलादेखी पुननिर्माणको अनुहार देख्न पाएको थिएन । त्यो बेला पनि सन् १९९९ को दक्षिण एसियाली खेलकुद आयोजना गर्नका निम्ती गरिएको थियो, त्यो मर्मत।
अहिले दयनीय अवस्थाबाट गुज्रिरहेको सो रंगशालाको पुननिर्माण जारी त छ तर कछुवाको गतिमा छ। काम थालेको एक बर्ष हुन लागी सक्दा पनि रंगशालाको एक छेउ काम सक्केको छैन। एउटा मात्र छेउमा छाना भएको अवस्थामा अहिले चारैतिर छाना राख्ने काम भैरहेको छ। सन २०१९ को दक्षिण एसियाली खेलकुद आयोजनाको निम्ती यो रंगशाला समयमै निर्माण हुन जरुरी छ। अब काम एकनासले सुरु गर्ने हो भने पनि काम सकिन १९ देखी २२ महिनासम्म लाग्ने कुरा जानकारी आएको छ।

अब आशा छ कि काम समयमा नै पुरा होस् र हामी फेरि पनि सोहि रंगशालामा गएर खेल हेर्न पाइयोस् ।
दशरथ रंगशाला अब कहिलेसम्म बन्ने? दशरथ रंगशाला अब कहिलेसम्म बन्ने? Reviewed by Anish Lamichhane on 9:37 PM Rating: 5

No comments:

Theme images by friztin. Powered by Blogger.