साफ यू-१८ : भुटानसग नेपालको एतिहासिक हार

 भुटानमा जारि साफ यू-१८ च्याम्पियनसिपमा साविक विजेता नेपाली टोली पहिलो खेलमा पराजित भएको छ । आयोजक भुटानसँग नेपाल १-० ले पराजित भएको हो । पहिलो खेलमा माल्दिभ्सलाई १-० ले पराजित गरेको भुटानको यो लगातार दोस्रो जित हो ।

भुटानले दोस्रो हाफमा पेनाल्टी मार्फत गोल गर्दै प्रतियोगितामा दोस्रो जित  हासिल गरेको हो । असिम भुसालले बक्समा ट्याकल गर्ने क्रममा हातले बल छुन पुगेपछि भुटानले पेनाल्टी पाएको थियो । ओर्ग्येन वाङ्गचुक छिरिङ्गले पेनाल्टीको सदुपयोग गर्दै गोल गरेका थिए ।
नेपालले शुक्रबार माल्दिभ्सको सामना गर्नेछ भने सोहि दिन भुटानले भारतसँग भिड्ने छ । भारत यसअघि पहिलो खेलमा बंगलादेशसँग ४-३ ले पराजित भएको थियो ।
हाम्रो खेलकुद
साफ यू-१८ : भुटानसग नेपालको एतिहासिक हार साफ यू-१८ : भुटानसग नेपालको एतिहासिक हार Reviewed by Anish Lamichhane on 5:48 AM Rating: 5

No comments:

Theme images by friztin. Powered by Blogger.