साफ यू १८ च्याम्पियनसिपमा नेपालको पहिलो जित !

नेपालले आज माल्दिभ्सलाई २–० ले हराउँदै साफ यू १८ फुटबल च्याम्पियनसिपमा पुनरागमन गरेको छ । साफ यू १९ च्याम्पियनसिपको विजेताका हैसियतमा भुटान पुगेको नेपाल पहिलो खेलमा आयोजक टोलीसँगै पराजित भएको थियो ।

दबाबकाबीच नेपाली टोलीले माल्दिभ्समाथि जित दर्ता गरेको छ । खेलको सुरुआतमै गोल गरेको नेपालले दोस्रो गोल दोस्रो हाफमा गरेको थियो । रोमन लिम्बुले सातौं मिनेटमा गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए । रेजिन सुब्बाले अर्को गोल ५७ औं मिनेटमा गरेका थिए ।पाँच राष्ट्रको सहभागिता रहेको च्याम्पियनसिपमा सबैले एकअर्कासँग प्रतिस्पर्धा गरेपछि अंक तालिकाका दुई शीर्ष टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।
बुधबार यता घरेलु मैदानमा एएफसी यू १६ छनोटको पहिलो खेलमा इराकसँग १–० ले पराजित नेपाल भुटानमा पनि त्यहि अन्तरमा पराजित भएको थियो । आज नेपालले यू १८ र यू १६ मा हार्नु परे । घरेलु मैदानमा यू १६ टोलीले भारतसँग २–२ को बराबरी खेलेको थि । भारत त्यहि टोली हो जसले गत महिना नेपाललाई २–१ ले हराउँदै साफ यू १५ च्याम्पियन बनेको थियो ।

हाम्रो खेलकुदबाट 
साफ यू १८ च्याम्पियनसिपमा नेपालको पहिलो जित ! साफ यू १८ च्याम्पियनसिपमा नेपालको पहिलो जित ! Reviewed by Anish Lamichhane on 6:12 AM Rating: 5

No comments:

Theme images by friztin. Powered by Blogger.