गोलकिपर किरण चेम्जोङको दोहोरो खुसी

राष्ट्रिय फुटबल टोलीको गोलकिपर किरण चेम्जोङका लागि सोमबार दोहोरो सफलताको दिन रह्यो । राजधानीमा पल्सर स्पोर्टस अवार्ड २०७३ मा बर्षका उत्कृष्ट खेलाडी पुरुष घोषित हुँदै गर्दा किरण भने व्यावसायिक जिम्मेवारी निर्वाह गर्ने क्रममा माल्दिभ्समा लिग खेलिरहेका थिए ।


किरणको अनुपस्थितिमा उनकी आमा हर्कमाया राईले अवार्ड ग्रहण गरिन् भने उनी सम्मलित टोली टिसी स्पोर्टसलेले धिवेही प्रिमियर लिग (डिपिएल) मा सफलता हासिल गर्यो । मालहोसलाई ३–२ ले हराएसँगै किरणको टोली अंक तालिकाको तेस्रो स्थानमा उक्लेको छ ।

गत मंगलबार ताजकिस्तानसँग एएफसी एसियन कप छनोटको खेलपछि किरण मंगलबार नै माल्दिभ्स गएका थिए । ताजकिस्तानसँगको खेल भने नेपालले २–१ ले गुमाएको थियो । किरण माल्दिभ्स पुगेपछि उनको टोलीले सफलता हासिल गरेको छ । ५ खेलपछि किरणको टोलीको १० अंक पुगेको छ । १ खेल कम खेलेको माजियको पनि १० अंक छ भने ५ खेलमा १२ अंकसहित न्यू रेडियन्ट शीर्षस्थानमा छ ।

गत वर्षको प्रदर्शनका आधारमा अन्य ५ खेलाडीलाई पछि पार्दै किरणले वर्षको उत्कृष्ट खेलाडीको अवार्ड जितेका थिए ।उक्त अवार्डका लागि क्रिकेटका शदर भेषावकर, ब्याडमिन्टनका रत्न जित तामाङ, एथलेटिक्सका सोमबहादुर कुमाल र भलिबलका मानबहादुर श्रेष्ठ मनोनयमा परेका थिए ।

उनी काठमाडौंमा हुँदा मनोनयन सार्वजनिक भएको थियो । उनले अवार्डसहित पल्सरको मोटरसाइकल पनि जितेका छन् । उनले माल्दिभ्स जानुअघि हाम्रो खेलकुद डटकमसँग ‘अवार्ड’ मिस हुने बताएका थिए । यसपटक स्वदेशमा रहेका बखत उनी अन्य ७ खेलाडीसँगै युवा तथा खेलकुद मन्त्रालयबाट राष्ट्रिय प्रतिभाबाट पनि सम्मानित भएका थिए ।

हाम्रो खेलकुद
गोलकिपर किरण चेम्जोङको दोहोरो खुसी गोलकिपर किरण चेम्जोङको दोहोरो खुसी Reviewed by Anish Lamichhane on 7:04 AM Rating: 5

No comments:

Theme images by friztin. Powered by Blogger.