एएफसी एसियन कप छनोटअन्तर्गत नेपालले भोली ताजिकिस्तानको सामना गर्नेछ । समूहका अन्य दुई टोलीको सामना गरिसकेको नेपालले तेस्रो खेलमा ताजिकिस्तानको सामना गर्दैछ । खेल हुन अब मात्र १ दिन बाँकी छ । यी दुई टोलीबीच मंगलबार प्रतिस्पर्धा हुदैछ ।
एफसी एसियन कप छनोटको खेल हलचोकमा नभई सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको ‘एस्ट्रो टफ’ मा हुने भएको छ । छनोटअन्तर्गत नेपालले घरेलु मैदानमा खेल्न लागेको यो दोस्रो खेल हो । छनोट चरणभरमा नेपालले ३ होम र ३ अवे खेल खेल्नु पर्नेछ । जस्मद्धे १ अवे र १ होम खेल नेपालले खेलिसकेको छ ।
नेपालको २३- सदस्यीय टोलि टोलि:
गो. कि: किरण चेम्जोङ, विकेश कुथु, विशाल श्रेष्ठ
डिफेन्डर: विराज महर्जन, जितेन्द्र कार्की, कमल श्रेष्ठ, दीनेश राजवंशी, अनन्त तामाङ, देवेन्द्र तामाङ, आदित्य चौधरी
मिड: अञ्जन विष्ट, हेमन्त थापा मगर, विक्रम लामा, हेमन गुरुङ, विशाल राई, सुजल श्रेष्ठ, सुनिल बल, रोहित चन्द
फर्वार्ड: प्रिन्स जर्ज कार्की, नवयुग श्रेष्ठ, भरत खवास, विमल घर्ती मगर
नेपाल विरुद्ध ताजिकिस्तान: अब १ दिन मात्र !
Reviewed by Anish Lamichhane
on
9:05 AM
Rating:
No comments: