अर्जेन्टिनाका प्रशिक्षक भन्छन्- आइसल्यान्डसँगको बराबरीले मेसीलाई असहज बनायो

अर्जेन्टिनाका विश्वचर्चित खेलाडी नियोनल मेसीले विश्वपकममा आफ्नो समूहलाई पहिलो खेलमा जित दिलाउन नसकेकोमा असहज महसुस भएको बताएका छन्।
उनले शनिबार भएको खेलमा संसारभरका आफ्ना समर्थकको चित्त बुझाउन नसकेकोमा दुःख लागेको बताएका हुन्। अर्जेन्टिनाका प्रशिक्षक जर्ज साम्पौलीले आइसल्यान्डसँगको विश्वकपको पहिलो खेलपछि मेसीले असहज महसुस गरेको जनाए।

खेलपछि पत्रकारहरुसँग साम्पौलीले भने, 'पहिलो पटक विश्वकपमा सहभागी भएको आइसल्यान्डसँग १–१ गोलको बराबरीमा सीमित हुनुपर्दा मेसीलाई आफ्ठ्यारो लागेको छ। आइसल्यान्डको अत्यन्त रक्षात्मक खेलका कारण मेसीले धेरै असहज महसुस गरेका छन्।'
मेसीले पाएको पेनाल्टीमा समेत गोल नगरेपछि उनको सर्वत्र आलोचना हुनुका साथै समर्थकले असन्तुष्टि व्यक्त गरेका छन्।

अर्जेन्टिनाले विश्वकपको समूहको दोस्रो खेल यही जुन २१ अर्थात् असार ७ मा क्रोएसियासँग खेल्नेछ। त्यतिबेला आफ्ना समर्थकको मन बुझाउनेगरी खेल प्रदर्शन गर्ने अर्जेन्टिनाका खेलाडीको अठोट रहेको प्रशिक्षक साम्पौलीले बताएका छन्।

स्रोत: नेपाल लाइभ 
अर्जेन्टिनाका प्रशिक्षक भन्छन्- आइसल्यान्डसँगको बराबरीले मेसीलाई असहज बनायो अर्जेन्टिनाका प्रशिक्षक भन्छन्- आइसल्यान्डसँगको बराबरीले मेसीलाई असहज बनायो Reviewed by Anish Lamichhane on 2:49 AM Rating: 5

No comments:

Theme images by friztin. Powered by Blogger.